८ असार २०८३, सोमबार | Mon Jun 22 2026

नेकपा फुट्नका लागि बनेको पार्टी होइनः मुख्यमन्त्री राई

१८ मंसिर, काठमाडाैँ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट्न र टुट्नका नबनेको बताउनुभएको छ । सूर्योदय नगरपालिकामा चिया प्रशोधन केन्द्रको भवनको उद्घाटनपछि नेकपा नेता राईले नेकपालाई फुटाउने अधिकार कसैलाई नभएको जनाउँदै आफूहरूले पार्टी फुट्न नदिने दृढता व्यक्त गर्नुभयो ।

अर्काे प्रसङ्गमा मुख्यमन्त्री राईले यस तीन वर्षमा प्रदेशमा ठूलै विकासको लहर आएको बताउँदै भन्नुभयो, “हामी निर्वाचित भएर आउँदा शून्य अवस्थामा थियौँ, अहिले हिँड्ने अवस्थामा पुगेका छौंँ ।” उहाँले कोरोनाको महामारीमा पनि प्रदेश सरकारले विकासका काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो,“अब कोरोनासँग लडेर अघि बढ्नुको विकल्प छैन ।”

प्रकाशित मिति : December 3, 2020 at 2:44 pm