२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

नेकपाकाे क्लाईमेक्स र काेल्याप्स एकै पटक हुने खतरा देखियोः पूर्वमन्त्री बाँस्कोटा

१७ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेकपाकाे क्लाईमेक्स र काेल्याप्स एकै पटक हुने खतरा देखिएको बताउनुभएको छ । बुधबार साँझ सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वमन्त्री बाँस्कोटाले नेकपाको विवादको तरिका हेर्दा र यसको विकासक्रम हेर्दा क्लाईमेक्स र कोल्याप्स यसै समयमा हुन सक्ने बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ ‘नेकपा विवाद हेर्दा बहुत सरलरुपमा याे भन्न सकिन्छ कि महाधिवेशन छलेर, कार्यकर्तालाई निर्णय गर्ने अवसरबाट बञ्चित गरेर अनि आमचुनावमा जनताले गर्ने फैसलासमेत कुर्न नसकेर जाने हाे भने नेकपाकाे क्लाईमेक्स र काेल्याप्स यसै समयमा देखिने भाे । त्यसपछि जय जय जय हाेईन जय नेपाल !’

प्रकाशित मिति : 18:43