१४ श्रावण २०८३, बिहिबार | Fri Jul 31 2026

वोमी लघुवित्तले घोषणा गर्यो लाभांश

१७ मंसिर, काठमाडौँ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घाेषणा भएको छ । लघुवित्तको मंसिर १६ गते बसेको संचालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ३० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो।


संस्था नागरिक लघुवित्तसँग मर्ज भई एकिकृत कारोबार समेत सुरूवात गरेको हुनाले बोनसमा कर नलाग्ने संस्थाले जनाएकाे छ ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

प्रकाशित मिति : December 2, 2020 at 11:06 am