१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

चन्द्रागिरी हिल्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने

१७ मंसिर, काठमाडाैँ । चन्द्रागिरी हिल्सको आईपीओमा आजदेखि आवेदन दिने सकिने छ। पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि ३ लाख ६ हजार ८१९ कित्ता शेयर निष्काशन तथा बिक्री खुला गरेको हो। इच्छुक आवेदकले न्युनतम १० कित्ता देखि अधिकतम ३ हजार ६० कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।

आयोजना प्रभावित क्षेत्र काठमाडौँ जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं ३,४, ६ र ७ साविक थानकोट गाविसाका सम्पूर्ण वडा र साविक महदेवस्थान गाविसको वडा नं ३,४,५,६,७,८, एवं मकवनपुर जिल्लाको थाहा नगरपालिका वडा नं ९ र १० का नागरिकले मात्र आवेदन दिन सक्नेछन् ।

आईपीओमा छिटोमा पुस १ गतेसम्म आवेदन दिन पाइनेछ भने त्यस अवधिमा निष्काशनमा ल्याएको शेयर पूर्ण रुपमा बिक्री नभएमा ढिलोमा पुस १६ गतेसम्म आवेदन दिन सकिनेछ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार ०८:४२