२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरू

१६ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे सचिवालय बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएकाे बैठकमा यसअघि दुई अध्यक्षले पेश गरको राजनीतिक प्रस्तावमाथि छलफल हुने बताइएको छ।

यसअघि कात्तिक २८ गते नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १९ पेजको राजनीतिक प्रस्ताव पेश गरेका थिए। मंसिर १३ गते बसेको बैठकमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले ३८ पेजको जवाफी प्रस्ताव पेश गरेका थिए।

प्रकाशित मिति : December 1, 2020 at 1:55 pm