मेरो चिन्ता खुट्टामा चप्पल लगाउन नसक्नेहरुप्रति छः पूर्वमन्त्री विष्ट
१५ मंसिर, गुल्मी । पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य गोकर्ण विष्टले खुट्टामा चप्पल लगाउन नसक्नेहरुको जीवनस्तर उकास्ने विषयमा अाफू सधैँ चिन्तित रहेको बताउनुभएको छ । सोमबार गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ४ दोहलीमा १५ शैय्याको अस्पताल शिलान्यस गरेपछि सम्बाेधन गर्दै पूर्वमन्त्री विष्टले भन्नुभयो ‘अहिले म सांसद बनेर जुत्ता लगाएको छु तर मेरो चिन्ता खुट्टामा चप्पल लगाउन नसक्नेहरुप्रति छ ।’

पूर्वमन्त्री विष्टले आफूले जुत्ता लगाए पनि आफ्नो चिन्ता भने खुट्टामा चप्पल लगाउन नसक्नेहरुप्रती भएको बताउनुभयो । ‘मैले बिर्सेको छैन म आफैले गौडाकोट बाट डोकोमा नुनु बोकेर खाएको, मैले बिर्सेको छैन तपाईंहरुसँग दाउरा-घाँस गरेको,’ भावुक हुँदै विष्टले भन्नुभयाे, ‘अहिले म सांसद बनेर जुत्ता लगाएको छु तर मेरो चिन्ता खुट्टामा चप्पल लगाउन नसक्नेहरु प्रती छ ।’
उहाँले विगतमा आफूले डोकोमा नुन बोकेर खाएको सम्झना गर्दै अहिले भएको विकासले नागरिकका लागि धेरै सहज भएको बताउनुभयो । उहाँले २०५६ सालको चुनावी घोषणा पत्रको स्मरण गर्दै भन्नुभयाे-‘मैले निस्तेखोला फर्काएर इस्मावासीलाई पानी खुवाउने छु भन्दा विपक्षीले मेरो खिल्ली उडाउथे, आखिर हेर्नुस त त्यहीँ खाेलाको पानी खुवाइएन त ?’ इस्मा खानेपानी योजना ७२ किलो मिटर रहेको उहाँले बताउनुभयाे ।

प्रकाशित मिति : 15:07









