१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले घोषणा गर्याे लाभांश

१४ मंसिर, काठमाडाैँ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। मंसिर १३ गते बसेको लघुवित्तको सञ्चालक समितिको २१२ औँ बैठकले २०७७ असार मसान्तसम्मको सञ्चित मुनाफा तथा आव २०७६/७७ को मुनाफा रकमबाट हाल कायम चुक्ता पूँजीको १३.२७३ प्रतिशत बोनस शेयर तथा सो को कर प्रयोजनार्थ ०.६९८५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रकाशित मिति : 11:51