२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

प्रचण्डलाई ओलीको प्रश्नः तपाईंले नीतिगत बहस गर्न चाहेको कि वार कि पारको लडाइँ ?

१३ मंसिर, काठमाडाैँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ नीतिगत बहस गर्न चाहेको कि वार कि पारको लडाइँ गर्न चाहेको भन्दै प्रश्न गर्नुभएको छ । शनिबारको सचिवालय बैठकमा प्रचण्डले उठाएका विषयमा ५३ बुँदामा जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो प्रश्न गर्नुभएको हो ।

उहाँले प्रचाण्डलाइ प्रश्नै प्रश्न गर्दै भन्नुभएको छ ‘कमरेड ‘प्रचण्ड’, सुरुमै तपाईँलाई मेरो प्रश्न छ– पार्टीभित्र चलिरहेको यस वहसको चरित्र के हो ? यो स्वस्थ नीतिगत वहस हो कि ‘वार कि पार’ को लडाइँ ? यो अन्तरविरोध नै हो भने पनि, यो मित्रतापूर्ण हो कि शत्रुतापूर्ण ? तपाइले रोजेको बाटो वाद–प्रतिवाद–संवादको हो कि वाद–प्रतिवाद र विग्रहको ? एकता–छलफल र अझ उन्नतस्तरको एकतामा हिँड्न खोजिएको हो कि एकता–विग्रह र विघटनको बाटोमा ? पार्टीभित्र हाम्रो सम्बन्ध पार्टीका दुई प्रमुख नेताको सम्बन्ध हो कि दुई भिन्न वर्ग र भिन्न पार्टीका प्रतिद्वन्द्वी नेताहरुको ?’

प्रधानमन्त्रीले प्रचण्डको प्रस्तावको जवाफ दिँदै भन्नुभएको छ ‘यस ‘प्रस्ताव’ मा प्रस्तुत भाषा शैली र आरोप हेरिसकेपछि सामान्य व्यक्तिले पनि अनुमान गर्नेछन्– बितेको समयमा मैले आफ्नै सहयोद्धा अध्यक्षबाट कस्तो खालको सहयोग र साथ पाएको रहेछु । जुन व्यक्तिको मनमा यति धेरै आक्रोश, आग्रह, घृणा र कुण्ठा अटेसमटेस भएर बसेको छ, त्यस्ता व्यक्तिबाट मलाई सरकार र पार्टी सञ्चालनका क्षेत्रमा कस्तो सहयोग भयो होला ?’

प्रधानमन्त्रीले प्रचण्डलाइ दिएको जवाफको पूर्णपाठ तलहेर्न सक्नुहुन्छ

प्रकाशित मिति : 16:29