१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

डा सोमलाल सुवेदीको एडीबीको जागिर खोसियो, रामशरण पुडासैनीले पाए अवसर

३१ जेठ, काठमाडौँ । धेरै पैसा कमाउने लोभमा मुख्य सचिव पदनै छाडेर एसियाली विकास बैंक (एडिबी)मा जागिर खान गएका डा सोमलाल सुवेदीको जागिर खोसिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सुवेदीलाई फिर्ता बोलाउँदै अर्थमन्त्रालयका सहसचिव रामशरण पुडासैनीलाई पठाउने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बस्कोटाले जानकारी दिए ।

उपकार्यकारी निर्देशकमा जागिर खान उनले व्यापक आलोचनापछि मुख्यसचिवबाट राजिनामा दिएका थिए । सुवेदीले मुख्यसचिवको जागिर छाडेर फिलिपिन्सको मनिलामा एडिबीको जागिर खान गएको भन्दै तत्कालीन विपक्षी दल नेकपा एमालेका सांसद रेवतीरमण भण्डारी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल लगायतले सुवेदीको संसदमै चर्को बिरोध गरेका थिए । सुवेदीमाथि दुर्इवटा पार्टीको सदस्यता बोकेको समेत अारोप लागेको थियो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७५, बिहीबार २१:४७