१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

सिटिजन्स बैंकको शेयर मूल्य समायाेजन

११मंसिर, काठमाडौँ  । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडकाे बाेनस शेयरमा मूल्य समायाेजन भएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बैंककाे ८ प्रतिशत बाेनस शेयर पछि प्रतिकित्ता २३२ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य २५१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।


बैंककाे चौधौं वार्षिक साधारण सभा मंसिर २० गते, शनिबार हुँदैछ । साधारण सभा प्रयोजनको लागि बैंकले आज  बुक क्लोज गरेकाले बुधबार सम्म कायम शेयरधनीले मात्रै बैंकको लाभांश पाउनेछन् ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई ७२ करोड ७१ लाख ८५ हजार ३८३ रुपैयाँ बराबरको ८ प्रतिशत बोनस शेयर र कर सहित ३ प्रतिशतका दरले हुन आउने २७ करोड २६ लाख ९४ हजार ५१८ रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार ११:००