१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

एनएमबि लघुवित्तले घोषणा गर्यो २० प्रतिशत लाभांश

१० मंसिर, काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घाेषणा गरेको छ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत नगद लाभांश घोषणा गरेकाे हो ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। मंसिर ९ गते मंगलबार बसेको सञ्चालक समितिको १०८ औँ बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार ११:३१