८ असार २०८३, सोमबार | Mon Jun 22 2026

नेकपाको आन्तरिक विवादमा बाबुराम भट्टराईको सक्रियता रहस्यमय छः गाेकुल बास्काेटा

९ मंसिर, काठमाडाैँ । पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य गोकुल बास्कोटाले नेकपाको आन्तरिक विवादमा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको ‘रहस्यमय सक्रियता’ रहेको बताएका छन्।

मंगलबार उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् बाबुरामको सक्रियता अर्थपूर्ण भएको बताएका हुन्। ‘नेकपाको आन्तरिक शक्ति सङ्घर्षमा भूतपूर्व कमरेड डा. बाबुरामको रहस्यमय, तर सक्रिय र खुला प्रवेशले धोवीघाट गठबन्धनका स्वघोषित सूत्रधार काजी कमरेड मात्र हैन, म पनि खुशी छु’, उनले फेसबुकमा लेखेका छन्, ‘अब पोल्टो र भुइँ बचाउने सङ्घर्षले सही दिशा समात्छ भन्ने हाम्लाई लाइराछ, हेरौं के हुन्छ!’

सोमबार पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले देशको मुख्य मुद्दा र व्यक्ति ओली नभई ओली प्रवृत्ति भएको भन्दै ट्वीट गरेका थिए। उनको अभिव्यक्तिमाथि बास्कोटाले सामाजिक सञ्जालबाट कटाक्ष प्रहार गरेका हुन्।

प्रकाशित मिति : November 24, 2020 at 12:05 pm