१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

एनआइसी एसिया बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

९ मंसिर, काठमाडाैँ ।  एनआइसी एसिया बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । मंसिर २१ गते वार्षिक साधारण सभा बोलाएको बैंकले बुधबारबाट मंसिर २१ गतेसम्म बुक क्लोज गर्दैछ । यसर्थ, आजसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश दाबी गर्न पाउने छन् ।

सभा बैंकको रजिष्टार्ड कार्यालय थापाथली, काठमाडौँमा बिहान ९ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ । सभामा बैंकले २०% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । एनआइसी एसियाले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १९% बोनस र कर प्रयोजनका लागि १% नगद लाभांश वितरण गर्न लागेको हो । अधिकृत पुँजी ९ अर्ब ७२ करोड रुपैयाँबाट बढाएर ११ अर्ब ५७ करोड रुपैयाँ पुर्याउने एजेन्डा पनि छ ।

बैंक अन्य बैंक तथा वित्तीय संस्था एक्वायर गर्न पनि तयार देखिएको छ । कुनै वित्तीय संस्था गाभ्न परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुँदैछ । आर्थिक वर्ष २०७६–७७ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७७–७८ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि लगिनेछ । प्रबन्धपत्र तथा नियमावली संशोधनको एजेन्डा पनि छ ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलवार ११:४२