१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

नेप्सेमा नारायणी डेभलपमेन्ट बैंकको बोनस सुचिकृत

९ मंसिर, काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साेमबार नारायणी डेभलपमेन्ट बैंक लिमिटेडकाे बोनस शेयर सूचिकृत भएको छ ।
स्टकका अनुसार बैंककाे २ लाख १८ हजार ७ सय ४६ कित्ता बोनस शेयर धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे ।


मंसिर ८ गते, साेमबार राेक्का भएकाे बैंककाे काराेबार समेत फुकुवा गरिएकाे छ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सूचीमा राखेपछि बैंकको शेयर कारोबार रोक्का भएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलवार ०७:४२