८ असार २०८३, सोमबार | Mon Jun 22 2026

एक महिना भित्र संसद् अधिवेशन सुरु हून्छः सभामुख सापकोटा

८ मंसिर, काठमाडाैँ । सभामुख अग्निप्रसाद सापकोटाले संसदको हिउँदे अधिवेशन सुरु गर्ने सम्बन्धमा सरकारसँग छलफल भइराखेको बताउनुभएको छ । सभामुख सापकोटाले अधिवेशन सुरु गर्न संसद सचिवायल तयारी अवस्थामा रहेको र सरकारसँग पनि छलफल भइराखेको बताउनुभएको छ ।

सोमबार सिंहदरबार स्थित संसद सचिवायलमा नेपाली कांग्रेसका नेता मोहनप्रसाद पाण्डेलाई प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण गराएपछि पत्रकारहरुसँग कुराकानी गर्दै सभामुख सापकोटाले एक महिना भित्र संसद् अधिवेशन सुरु हुने गरी छलफल भइराखेको बताउनुभयो । उहाँले भन्नुभयो ‘’अव नयाँ अधिवेशन करिब करिब १ महिना पछाडि सुरु हुन्छ । कुराकानी चल्दै छ । सकेसम्म अगाडी नै चलाउनका लागि कुराकानी चल्दैछ ।’ कोरोना महामारीका कारण संसद चलाउने सम्बन्धमा विभिन्न विकल्पमा समेत छलफल भइराखेको उहाँले बताउनुभयो ।

हिउँदे अघिवेशनमा सरकारले ल्याएका अध्यादेशबारे पनि छलफल हुने सभामुख सापकोटाले प्रष्ट पार्नुभएको छ । उहाँले भन्नुभयो ‘पछी ती अध्यादेशहरुमा सदनमा छलफल हुने नै छ । सकेसम्म चाँडो सदन राख्नका लागि छलफल चल्दै छ ।’ संसद अभिवेशन नबोलाइएकोमा सरकार र संसदको नेतृत्वमाथि आलोचना भइरहेको अवस्थामा सभामुख सापकोटाले छिट्टै अघिवेशन बोलाउने तयारी भइरहेको बताउनुभएको हो । बजेट पारित भएपछि सकिएको संसद अघिवेशन अहिले सम्म पनि आव्हान हुन सकेको छैन् । संसद अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आव्हान गर्ने व्यवस्था छ ।

प्रकाशित मिति : November 23, 2020 at 2:56 pm