चिनियाँ राजदूत याङ्छी प्रचण्ड भेट्न खुमलटारमा
८ मंसिर, काठमाडाैँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्छीबीच भेटवार्ता भएको छ । राजदूत याङ्छी सोमबार बिहान प्रचण्डलाई भेट्न उनकाे निवास खुमलटार पुगेकी हुन् ।
अध्यक्ष प्रचण्ड र राजदूत याङछीवीच करिव आधा घण्टा भेटवार्ता भएको छ । उनीहरुबीच नेकपा विवाद र आसन्न चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणका बारेमा छलफल भएको बुझिएको छ । चिनियाँ रक्षामन्त्री वइफेङ्हे यहि मंसिर १४ मा नेपाल भ्रमणमा आउँदैछन् ।

चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणलाई लिएर आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका थिए ।
प्रकाशित मिति : 13:13









