१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

नेप्सेमा आरएमडीसी लघुवित्तको शेयरमूल्य समायाेजन

८ मंसिर, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे बाेनस शेयरमा मूल्य समायाेजन भएकाे छ । संस्थाकाे १५ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता ८६१ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ९९० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

सभामा संस्थाकाे भाद्र २२ गते साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ काे वितरण याेग्य मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद (कर सहित) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।उक्त लाभांश राष्ट्र बैंकले कार्तिक १३ गते बिहीबार नै स्वीकृत गरिसकेकाे छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार ११:३३