१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

युनाईटेड इदी मार्दी हाइड्रोपावरको आईपीओमा १२.३ गुणा बढी आवेदन

७ मंसिर, काठमाडाैँ । युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको आईपीओमा १२.३८ गुणा बढी आवेदन परेको छ । ५ लाख ५७ हजार २८९ वटा आवेदनबाट एक करोड ६९ हजार कित्ता शेयर माग भएको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलले जनाएकाे छ ।

कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि ४ लाख २० हजार कित्ता आईपीओ बिक्री गरेको थियो । सो मध्ये बिक्री नभएको २ लाख ४३ हजार ९१० कित्ता सहित कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशनमा ल्याएको हो ।

जसमध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ भने १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ८ लाख १२ हजार ७३६ कित्ता शेयरमा मात्रै सर्वसाधारण लगानीकर्ताले पाउनेछन् ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकाेले न्युन्तम १० कित्ताका दरले शेयर बाँडफाँड हुनेछ । धितोपत्र निष्काशन तथा बाँडफाँड नियमवली अनुसार ८१ हजार २७३ जनाले मात्रै शेयर पाउनेछन् ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आईतवार १९:३१