७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

मन्त्रीले जेल जाने हो भनेर तर्साएको भन्दै संसद छाड्ने कांग्रेसको चेतावनी

३१ जेठ, काठमाडौं । नेपाली कांग्रेसले संसद छाड्ने चेतावनी दिएको छ । प्रमुख विपक्षी दल कांग्रेसले सरकारले तर्साउन थालेको जनाएको छ । बिहीबारको संसद बैठकमा बोल्दै कांग्रेस सांसद मिनेन्द्र रिजालले सरकारका मन्त्रीहरुले काम गर्ने मन छ कि छैन ? जेलमा जाने हो भन्दै तर्साउने थालेको बताए ।

उनले यस्तै अवस्था रहने र संसदमा प्रतिपक्षले आफ्नो ठाउँ नपाउने अनि संविधानको कार्यान्वयन हुन्छ भन्ने पनि विश्वास भएन भने संसद छाडेर जनताको माझमा जाने चेतावनी दिए ।

सांसद रिजालले संसदमा विपक्षीका हरेक २० सांसदको अगाडि सत्ताको ५५ जना सांसद रहेपनि मतदातामा कांग्रेसका २० हुँदा सत्तापक्षको २७ मात्र रहेको हिसाव सुनाउँदै भने, ‘संसदमा ठाउँ नपाइने, संविधान कुल्चिने, दुई तिहाइको दम्भबाट जबरजस्ती काम हुने हो भने हामीले २० ले ५५ होइन, २७ सँग जुध्ने गरी बाहिर जानु पर्ने बाध्यता सिर्जना हुनेछ ।’

प्रकाशित मिति : June 14, 2018 at 1:56 pm