प्रचण्डको प्रस्ताव मिडिया खपत र आफ्नो स्वार्थसिद्ध गर्न रचिएको प्रपञ्च होः उपप्रमुख थापा
४ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख सूर्य थापाले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अराजनीतिक प्रस्ताव बैठकमा पेश नगरेको स्पष्ट पार्नुभएको छ । उहाँले प्रचण्डले बैठकमा प्रस्ताव पेश गरेको नभइ सचिवालय सदस्यलाई बाँडेको बताउनुभयो ।
प्रधानमन्त्रीका सल्लाहकार समेत रहनुभएका थापाले बिहीबार बिहान थहा सञ्चार नेटवर्कको न्युजप्लसमा कुरागर्दै भन्नुभयो ‘अर्का अध्यक्षले २८ गतेको बैठकमा त्यो प्रस्ताव प्रस्तुत गर्नुभएको होइन । उहाँले सचिवालयको सदस्यहरूलाइ बाँड्नु भएको हो । औपचारिक प्रस्तावको रूपमा, एजेण्डाको रूपमा वा सहमतिको प्रस्तावको रूपमा बैठकमा प्रस्तुत भएको होइन । मैले त्यसालइ अराजनीतिक प्रस्ताव भन्ने गरेको छु ।

उपप्रमुख थापाले प्रचण्डले सचिवालय सदस्यलाई बाँडेको उक्त प्रस्ताव मिडिया खपतका लागि भएको बताउनुभएको छ । उहाँले भन्नुभयो ‘मिडियाको खपतका लागि, प्रधानमन्त्री र पार्टी अध्यक्षलाइ बद्नाम गर्न, स्थापित पार्टीको नेतृत्वलाइ खुइल्याउनका लागि आफ्नो स्वार्थसिद्ध गर्न रचिएको प्रपञ्च थियो त्यो बैठकको प्रस्ताव थिएन । उहाँलाई त्यसरी प्रस्ताव ल्याउने अधिकार पनि छैन् । त्यो अनधिकृत हो, तथ्यहरूको भ्रष्टिकरण हो, गैरजिम्मेवारी हो र हाम्रो पार्टीको अध्यक्षको तहमा प्रकट भएको संस्कारहिनता पनि हो ।’
उपप्रमुख थापाले प्रचण्डले बाँडेको प्रस्ताव नभए किन प्रधानमन्त्रीले जवाफका लागि भनेर १० दिनको समय मागे त भन्ने प्रश्नको समेत जवाफ दिनुभएको छ । उहाँले भन्नुभएको छ ‘प्रधानमन्त्री ओलीले अर्को अध्यक्षका नाममा बाँडिएको अनधिकृत प्रस्तावमा आधारहिन, लान्छानायुक्त, र तथ्यहिन कुराहरू छन यीनलाइ स्वीकार गरेर मौन बस्न अथवा तिनलाइ त्यतिकै छोड्न मिल्दैन इतिहासको निम्ति, नेपाली जनताको जानकारी निम्ति, पार्टीपंक्तिको जानकारी निम्ति त्यस्तो आत्मनिन्दा, भत्सर्ना र नेतृत्वलाई खुइल्याउने तरिका ठीक छैन यसको प्रतिवाद गर्नुपर्छ वस्तुपरक र तथ्ययुक्त कुराहरू व्यवस्थित रूपमा राख्नुपर्छ । त्यसका निम्ति मैले उपयुक्त जवाफ दिनुपर्छ त्यसका निम्ति मैले १० दिनको समय लिन्छु र तयारी गरेर दिन्छु भन्नु भएको हो ।’
थापासँगको कुराकानी यहाँ सुन्न सक्नुहुन्छ ।
प्रकाशित मिति : 08:19









