सचिवालयका सदस्य नेतृत्वका लागि योग्य भएनाैँ सामूहिक राजिनामा दिउँः महासचिव पाैडेल
३ मंसिर, काठमाडाैँ । सत्तारुढ नेकपाको सचिवालय बैठकमा महासचिव विष्णु पाैडेलले सचिवालयका सदस्यहरू नेतृत्वका लागि योग्य नभएकाले नयाँ पुस्तालाइ जिम्मेवारी दिन सामूहिक राजिनामा दिने प्रस्ताव गर्नुभएको छ । बुधबारको बैठकमा अर्थमन्त्री समेत रहनुभएका महासचिव पाैडेलले यस्तो प्रस्ताव गर्नुभएको हो ।
बैठकमा महासचिव पाैडेलले पार्टीका कार्यकर्ता र जनभावना अनुसार काम गर्न नसकेको भन्दै सचिवालयका सबैजनाले राजीनामा दिनुपर्ने प्रस्ताव राख्नुभएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो एक बजेपछि करिव पौने दुई घण्टा बसेको सचिवालय बैठक पुनः मंसिर १३ मा बस्नेगरी सकिएको छ ।

महासचिव विष्णु पाैडेलले बैठकमा प्रस्ताव गरेको उधृत गर्दै अर्का सचिवालय सदस्यले भने ‘पार्टी एकिकरण के का लागि भएको हो ? हामी कसरी चल्नुपर्ने थियो ? आज हामी के विषयमा छलफल गर्दैछौं ? हामी नेतृत्वका लागि योग्य देखिएनाै सबैले सामूहिक रूपमा राजिनामा दिउँ ।’ बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष प्रचण्डले पेस गरेको पत्र अध्ययन गर्न र तयारी गर्न समय अपुग हुने बताउनुभएको थियो ।
प्रकाशित मिति : 15:25









