२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

नेकपा सचिवालय बैठक १० दिनपछि बस्ने, पछि हट्यो प्रचण्ड समूह

३ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक १० दिनपछि बस्नेगरी सकिएको छ । बैठक १० दिनपछि मंसिर १३ गते बस्नेगरी सकिएको नेकपाका प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

तत्काल बहुमतको आडमा पेलेर अघि बढ्ने भन्दै रणनीति बनाएको पार्टीका एक जना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समूह पछि हटेको छ । उक्त समूहले जे पर्छ सोही टर्छ भन्दै बुधबार नै पार्टी विभाजनको सन्देश दिनेगरी पार्टी एकताको मुल मर्मबिपरित पार्टी कमिटीको बैठक अघि बढाउने कोशिश गरेको थियो ।

प्रकाशित मिति : 15:06