राजु थापाको ‘सीधा प्रश्न’ रोक्ने निर्णय मैले गरेको हुँः मनहरि थापा, समाचार निर्देशक, एनटीभी
३० जेठ, काठमाडौँ । नेपाल टेलिभिजन (एनटीभी) का समाचार निर्देशक मनहरि थापाले राजु थापाले सञ्चालन गर्ने ‘सीधा प्रश्न’ कार्यक्रम आफूले रोक्ने निर्णय गरेको बताएका छन । सामाजिक सञ्जालमा राजु थापाको स्टाटसका विषयलाई लिएर भ्रमपूर्ण सन्देशहरु प्रवाह भएको पाएपछि दैनिकीले निर्देशक थापासँग प्रश्न गरेको थियो ।
दैनिकीको प्रश्नको जवाफमा निर्देशक थापाले आफूले महाप्रबन्धक सचिन रोक्कालाई जानकारी गराएर कार्यक्रम रोक्ने निर्णय गरेको बताए । उनले भने ‘उहाँले सञ्चारमन्त्री गोकुल बास्कोटासँग गरेको लाइभ अन्तरवार्ता मैले टेलिभिजनको अफिसमै बसेर हेरेको हुँ । अन्तरवार्ता सकिएपछि राजुजीले मन्त्रीज्यूसँग भएको कुराकानीको केही मिनेटको भिडियो कटिङ गरेर अतिरञ्जित गरेर प्रचार गरेको पाइयो । उहाँले नियतवस त्यसरी प्रचार गरेपछि म सोच्न बाध्य भएँ । उहाँले टेलिभिजनकै कार्यक्रम सञ्चालन गरिरहेको तर नेपाल टेलिभिजनको प्रयोग गरेर मन्त्रीका बद्नाम गराउने नियत उहाँमा देखिएकाले महाप्रबन्धकलाई जानकारी गराएर मैले सिधा प्रश्न आगामी शनिबारबाट प्रशारण नगर्ने निर्णय लिएको हुँ ।’

निर्देशक थापाले नेपाल टेलिभिजन सबैको टेलिभिजन रहेको र चर्चाका लागि अनेकन स्टन्ड गर्नेकाम टेलिभिजनको पर्दामा असम्भ रहेको बताए । टेलिभिजनको विश्वासमा आँच पुर्याउने गरी हाम्रो काम गर्ने नीति छैन भन्दै निर्देशक थापाले भने ‘मन्त्री, जिएम कसैको आदेश हैन मैले समाचार प्रमुखको अधिकारको प्रयोग गरी आफ्नै विवेकमा निर्णय गरेको हुँ । यो नेपाल टेलिभिजनको आन्तरिक विषय हो ।’
यता राजु थापाले भने सञ्चारमन्त्रीकाे ठाडाे निर्देशनमा अाफूले सञ्चालन गर्दै अाएको कार्यक्रम बन्द भएको अारोप लगाएका छन । उनको अाराेपसँगै थापाको पक्ष र विपक्षमा सामाजिक सञ्जालमा चर्को बहस भैरहेको छ । पत्रकारिताका अग्रजहरूले भने सम्पत्ति विवरण सर्वजनिक भएको विषय कागजमै स्पष्ट रहेको अवस्थामा फेरि त्यही विषयमा सम्बन्धित व्यक्तिसँग गलफती गर्नुले सञ्चालककाे नियत स्पष्ट भएको बताएका छन । उनीहरूले टेलिभिजनले अाफ्नो सम्पादकीय नीति विपरित हुने गतिबिधिमा नियन्त्रण गर्न सक्ने भन्दै नेपाल टेलिभिजनमा कार्यरत कर्मचारीले नियतवश गरेर स्पष्ट भएपछि कारबाही गरेर ठीक गरेको बताएका छन ।
थापा नेपाल टेलिभिजनमा करारमा कार्यरत रहेका कारण उनकाे करार सम्झाैता अागामी असारमा सकिदैँ थियो । सुरूमा दुर्इ वटा कार्यक्रम सातामा गर्ने गरी सम्झाैता गरेपनि पछि पैसा थोरै भएको भन्दै उनले सातामा एउटामात्र कार्यक्रम गर्दै अाएका थिए । उनलार्इ टेलिभिजन भित्रका अधिकांश कर्मचारीले कांग्रेस नेताको जस्तो प्रस्तुत नदेखाउन सुझाव दिँदै समेत अाएका थिए ।
यो पनि पढ्नुहोस्
–झुट सञ्चारमन्त्री बास्कोटाले हैन राजु थापाले बोलेको खुलासा (भिडियो र सम्पत्ति विवरणसहित)
प्रकाशित मिति : June 13, 2018 at 5:30 pm









