२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

झुट सञ्चारमन्त्री बास्कोटाले हैन राजु थापाले बोलेको खुलासा (भिडियो र सम्पत्ति विवरणसहित)


३१ जेठ, काठमाडौँ । नेपाल सरकारका प्रवक्ता समेत रहेका सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले आफ्नै सम्पत्ति विवरणमा झुट बोलेको भनेर व्यपार गर्नेहरुको समय सकिएको छ । नेपाल टेलिभिजनको ‘सीधा प्रश्न’ कार्यक्रमको अन्तरवार्तामा प्रस्तोला राजु थापाले मन्त्रीलाई झुटो बोल्नु भयो भनेर भने पनि यथार्थमा प्रस्तोता आफैँले झुटे बोलेको सबुत दैनिकीले पत्ता लगाएको छ ।

प्रस्तोता थापाले १७ तोला सुन र ६० तोला चाँदी पुरै दाइजोमा लिएको भन्दै मन्त्रीलाई प्रश्न गरे । त्यसपछि मन्त्रीले सत्य कुरा बताउँदै ४, ५ तोला मात्रै हो भन्ने उत्तर दिए र प्रस्तोताले होइन पुरै दाइजोमा लिएको हो, मसँग तपाइले पेश गर्नु भएको सम्पत्ति विवरण यहि छ भनेर देखाए । तर उनले देखाएको पानामा के लेखिएको थियो भन्ने कुरा राजु थापा आफैँले पढेका रहेनछन भन्ने कुरा पुष्टि भएको छ ।

मन्त्री बास्कोटाको सम्पत्ति विवरण प्राप्तिको स्रोतमा पैत्रिक, बिबाहमा दिएको र पटकपटक भनेर उल्लेख गरेका छन । विवरण अनुसार मन्त्रीले जे बताए त्यो सही रहेको छ । तर थापाले आफैँ विवरण नपढी मन्त्रीलाई झुटो सावित गराउन खोज्नु र त्यही विषयलाई सानो टुक्रा भिडियो बनाएर युटुवमा पोस्ट गरी भाइरल बनाउन खोज्नुले उनको नियतमा खोट दिएको छ ।

यही विवरणको हवाला दिँदै राजु थापाले सञ्चारमन्त्री गोकुल बस्कोटालार्इ झुटो सावित गर्ने नियोजित प्रायस गरेका थिए ।

आफैँले झुटो प्रश्न गरी मन्त्रीलाई झुटो बोल्यो भनेर भ्रमपूर्ण प्रचार गर्न उनले सफलता पाए पनि पत्रकारिता क्षेत्रलाई नै लज्जित तुल्याएको छ । किनकी उनले आफ्नो झुटलाई मन्त्रीको झुट हो भनेर प्रमाणित गराउन प्रेस युनियनदेखि नेपाल पत्रकार महासंघसम्मको दुरुपयोग गराएका छन ।

हेर्नुहोस् अन्तर्वार्ता र बास्कोटा र थापाकाबीचमा भएकाे संवाद

याे पनि पढ्नुहोस् 

प्रकाशित मिति : ३१ जेष्ठ २०७५, बिहीबार ०७:१२