नेकपा सचिवालय बैठक बालुवाटारमा सुरू
३ मंसिर, काठमाडाैँ । नेकपा सचिवालय बैठक सुरू भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएकाे हाे । सचिवालय बैठकले सम्भवतः अर्को बैठकको मिति तय गर्ने अनुमान गरिएको छ ।

बैठकमा पार्टीका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालसहित सचिवालयका नौ जना सदस्य सहभागी भएका छन् । यसअघि प्रधानमन्त्री ओलीले बुधबार दिउँसो एक बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक दुई बजेलाई सारिएको छ । बैठकमा नेताहरुले धारणा राखेपछि अर्को बैठकको मिति तोकिने नेताहरुले जानकारी दिएका छन् ।
प्रकाशित मिति : 13:34







