सहमतिमै बस्ने भो नेकपा सचिवालय बैठक, तत्कालको दुर्घटना टर्यो !
३ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुन लागेको दुर्घटना आजका लागि टरेको छ । पार्टीको सचिवालय बैठक १ बजे प्रधानमन्त्री निवासमै बस्ने भएको छ । योसँगै सचिवालयको बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड र सातै जना सदस्यहरू उपस्थित हुने भएका छन ।
सचिवालय बैठकले सम्भवतः अर्को बैठकको मिति तय गर्ने अनुमान गरिएको छ । पार्टी सचिवालयको बैठकका लागि आकस्मिक रूपमा बोलाइएको मन्त्रिपरिषद् बैठक १ बजेबाट २ बजेका लागि सारिएको छ । पार्टी भित्र असन्तुष्टको नेतृत्व गरेका प्रचण्ड समूहले पेलेरै बैठक अघि बढाने तयारी गरेका छन ।

प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष ओली र उनी निकटका नेताले भने प्रचण्डको अराजनीतिक कुण्ठाग्रस्त प्रतिवेदन फिर्ता नभइ बैठक सञ्चालनको औचित्य नभएको बताएको छ । दुबै पक्षका नेता सचिवालय बैठकमा बस्ने भएका कारण नेकपाको तत्कालको दुर्घटना टरेको अनुमान गर्न सकिन्छ ।
यद्यपी प्रचण्ड एक्लै र आफ्नो विवेकलेमात्र नहिडेको कारण कहाँ के हुन्छ भन्ने अहिले नै भन्न नसकिने नेकपाका एक जना स्थायी कमिटी सदस्यले बताए । उनका अनुसार पार्टी विभाजन रोक्नका लागि अध्यक्ष एवं प्रधानमन्त्री ओलीले छलफलमा जोड दिएरहेको भए पनि अर्का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्ड लगायतले बहुमतको नाममा पार्टी एकताको सहमति तोड्न बल गरिरहेका छन ।
प्रकाशित मिति : 11:45









