नेकपा सचिवालयः जबर्जस्त बैठक गरी विभाजनको सन्देश दिने प्रचण्ड समूहको तयारी
३ कात्तिक, काठमाडाैँ । नेपाल क्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक जबर्जस्ती गरेर पार्टी विभाजनको सन्देश दिने तयारीमा एक जना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समूह सक्रिय बनेको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठक हुनै नसक्ने अडानमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरू रहेका छन ।
प्रचण्ड समूहका नेताहरूले आजको बैठक गरेर पार्टी बिभाजनको स्पष्ट सन्देश दिने तयारी गरेका छन । तत्कालीन एमाले र तत्कालीन माओवादी एक भएर नेकपा बन्दा भएको एकताको सहमति र पार्टीको अन्तरिम बिधान विपरित बैठक अघि बढाउँदा त्यसले सहमति तोडिएको मानिन्छ । त्यसपछि नेकपा औपचारिक रूपमा दुइ चिरा हुनेमा कुनै शंका रहदैँन । एकताको सहमति कुल्चेर प्रचण्डको नेतृत्वमा सचिवालयका पाँच नेताले पछिल्लो केही दिनयता चर्को दौडधुप गरेका छन ।

दिउँसो १ बजे प्रधानमन्त्री निवासमा बोलाइएको सचिवालय बैठक प्रचण्डको अराजनीतिक प्रस्ताव फर्ता नभए बस्न नसक्ने विषयमा सचिवालय सदस्य इश्वर पोखरेल, स्थायी कमिटी सदस्य शंकर पोखरेल लगायतका नेताले जानकारी दिइसकेका छन । यसर्थ आजको सचिवालय बैठक यसअघिको सचिवालय बैठकले निर्णय गरेअनुसार नहुने निश्चित छ । तर प्रचण्ड समूहले पाँच नेता धुम्बाराहीको पार्टी कार्यालयमा भेला भएर बैठक गर्ने तयारी गरेका छन ।
प्रकाशित मिति : 09:21









