८ असार २०८३, सोमबार | Mon Jun 22 2026

नेकपा अध्यक्ष प्रचण्ड र महासचिव पौडेलबीच खुमलटारमा भेटवार्ता

२ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलबीच भेटवार्ता भएको छ।आज बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्ता पार्टीको विकसित पछिल्लो राजनीतिक घटनाक्रममा केन्द्रित रहेको पार्टी संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए ।


पौडेल दुई अध्यक्षलाई मिलाउन सहजीकरण गरिरहेका छन् । बुधबारका लागि बोलाइएको सचिवालय बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पछि सार्नु पर्ने पक्षमा छन् भने बहुमत सदस्य भोलि नै बैठक बस्नु पर्ने पक्षमा छन् ।

सचिवालय बैठकमा कार्यकारी अध्यक्ष ‘प्रचण्ड’ले ओलीमाथि आरोप नै आरोप लगाउँदै प्रस्ताव पेस गरेपछि नेकपाभित्रको विवाद झन चर्किएको छ ।

प्रकाशित मिति : November 17, 2020 at 2:36 pm