८ असार २०८३, सोमबार | Mon Jun 22 2026

शंकरधर साख्वा सुधारका नेतृत्वकर्ताः प्रधानमन्त्री ओली

१ मंसिर, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिँदै यहाँका विविधतायुक्त मौलिक परम्परा सिंगो राष्ट्रका साझा पूँजीका रुपमा अङ्कित भएको र एकताको राष्ट्रिय पूँजीलाई मुलुक निर्माणको आधारस्तम्भका रुपमा आत्मसात् गरिएको बताउनुभएको छ ।

सिंगो देश नयाँ संविधानअनुरुप नयाँ संरचनागत भौतिक पूर्वाधार र मानवीय विकास क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको बताउँदै उहाँले एकतामार्फत समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांङ्क्षा पूरा गर्न सबैबाट समर्थन हुने विश्वास व्यक्त गर्नुभएको छ ।

नेसंका सुखद् अवसरमा काठमाडौंँ उपत्यकामा तत्कालीन सुधारको नेतृत्वकर्ता तथा नेसंका प्रवत्र्तक शंखरधर साख्वाको विशेष स्मरण गर्न चाहेको बताउँदै प्रधानमन्त्री ओलीको शुुभकामना सन्देशमा भनिएको छ, “हामी जननिर्मित संविधानको संस्थागत कार्यान्वयनमार्फत मुलुकलाई विकास र समृद्धिको दिशामा अग्रसर गराइरहेका छौँ ।

यस अवसरमा राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकताबद्ध हुन सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक आह्वान गर्दछौँ.।” कोरोना भाइरसको महामारीबाट बची विशेष सतर्कता अपनाउँदै चाडपर्व मनाउन उहाँले सबैमा आह्वान पनि गर्नुभएको छ ।

प्रकाशित मिति : November 16, 2020 at 8:11 pm