२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

एकता समाप्त पार्ने प्रस्ताव फिर्ता लिने कि तनावकाे यात्रा राेज्ने प्रचण्डकै मर्जीः नेता बाँस्कोटा

२९ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता समाप्त पार्ने प्रस्ताव फिर्ता लिनुपर्ने बताउनुभएको छ । सामाजिक सञ्जाल ट्वीटर मार्फत नेता बाँस्कोटाले पार्टी फुट गराउने प्रस्ताव फिर्ता लिने कि गम्भीर तनावको यात्रा रोज्ने भन्ने विषय प्रचण्डकै मर्जी भएको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ ‘अविस्वास प्रस्ताव संसदमा पेश गर्दा प्रतिपक्षले लगाउने जस्ता अप्रमाणीत आराेपकाे पुलिन्दा हेर्दा अब पार्टीकाे एकता जीवन्त राख्ने राजनीतिक,सांगठनिक र मनाेवैज्ञानिक आधार सम्पुर्ण रूपमै समाप्त पारेजस्ताे देखियाे।फिर्ता लिने वा गंभीर तनावकाे यात्रा राेज्ने?मर्जी आफ्नै त हाे !’

प्रकाशित मिति : 13:16