नेकपा सचिवालय बैठक सकियो, भाइटीका लगाएर मंसिर ३ मा बैठक बस्ने सहमति
२८ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । बैठक सुरू भएको करिब एक घण्टामै अर्को बैठकको मिति तय गरेर सचिवालय बैठक सकिएको नेकपाका प्रचार विभागका उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समूहले पटक पटक सचिवालय बैठक बोलाउन अनुरोध गरेपछि महासचिव विष्णु पाैडलले शुक्रबारका लागि बैठक बोलाएका थिए ।

प्रकाशित मिति : 17:13







