प्रचण्ड समूहको भेलाः बामदेव र नारायणकाजीलाई मन्त्री बनाउन प्रस्ताव लगिने
२७ कात्तिक, काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बिहीबार साँझ सचिवालय सदस्यहरूको भेला भएको छ । पार्टीको सचिवालय बैठकको पूर्व सन्ध्यामा बसेको भेलाले शुक्रबारको बैठकमा उपाध्यक्ष बामदेव गाैतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाइ उपप्रधानसहितको मन्त्री बनाउन प्रस्ताव लैजाने निर्णय गरका छन ।

पार्टीमा गुटबन्दी अन्त्यको माग गर्दै प्रचण्ड समूह नै कहिले खुमलटार त कहिले कोटेश्वरमा गुटको भेला गर्दै अाइरहेको छ । खुमलटारमा बसेको पाँच नेताको भेलाले भोलिको सचिवालय बैठकमा गौतम र श्रेष्ठलाई मन्त्री बनाउन प्रस्ताव लैजाने निर्णय गरेको छ । भदौ २६ गते स्थायी समिति बैठकले गुट भेला नगर्ने निर्णय गरे पनि सचिवालय बैठक अगाडि गुट बैठक बसी यस्तो निर्णय गरेको हो ।
प्रकाशित मिति : 20:39









