२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

नेकपा विवादः प्रचण्ड समूहको माग पूरा, सचिवालय बैठक शुक्रबार बोलाइयो

२७ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुक्रबारका लागि बोलाइएको छ । पार्टी महासचिव विष्णुप्रसाद पाैडेलले शुक्रबार ४ बजेका लागि बैठक बोलाउन भएको उहाँको स्वकीय सचिव यम पाण्डेले दैनिकीलाइ जानकारी दिनुभयो ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग परामशर्मा महासचिव पौडेलले शुक्रबार दिउँसो ४ बजे बस्नेगरी बैठक बोलाउनु भएको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बोलाइएको छ । योसँगै प्रचण्ड समूहको माग पूरा भएको छ । बैठक नबोलाए पार्टी नै फुटाउँछौँ भनेजस्तो गरी आक्रमकता प्रस्तुत गरिरहेका नेताहरूले अब गुटका नाममा गर्ने छलफल बैठकमै गर्ने तयारी गरेका छन ।

प्रकाशित मिति : 09:25