८ असार २०८३, सोमबार | Mon Jun 22 2026

पुस्तकमा लगाएको कर हटाएकोमा कमल थापाले सरकारलाई दिए धन्यवाद

२५ कात्तिक, काठमाडाैँ । सरकारले पुस्तकमा लगाएको कर हटाएकोमा राप्रपा अध्यक्ष कमल थापाले धन्यवाद दिएका छन्। अध्यक्ष थापाले ट्वीटरमार्फत सरकारलाई पुस्तकमा लगाइएको कर हटाएकोमा धन्यबाद दिदै अब विद्युतबाट चल्ने गाडीमा बढाइएको कर पनि कम्तिमा पुरानै अवस्थामा फर्काउन माग गर्नु गरेका छन्।

‘पुस्तकमा भन्सार कर बढाउने सरकारको निर्णय ठिक थिएन। ढिलै भए पनि पुस्तकमा लाग्दै आएको कर हटाएकोमा सरकारलाई धन्यवाद। अब विद्युतबाट चल्ने गाडीमा बढाइएको कर पनि कम्तिमा पुरानै अवस्थामा फर्काउन सरकारको ध्यान आकर्षित गर्दछु।’ थापाले लेखेका छन्। अध्यक्ष थापाले राष्ट्रिय वि…भूति महागुरु फाल्गुनन्दको १३६ औं जन्मजयन्तीको अवसरमा शुभकामना दिएका छन्।

प्रकाशित मिति : November 10, 2020 at 11:08 am