२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

सबै सरकारी अस्पतालमा कोरोना परीक्षण र उपचार निःशुल्क

२५ कात्तिक, काठमाडौँ । सरकारले आफ्नो पूरानो निर्णय संशोधन गर्दै सबै सरकारी अस्पतालमा कोरोना संक्रमितको उपचार निशुल्क गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आफ्नै पूर्व निर्णय संशोधन गरेको हो ।

यसअघि मन्त्रिपरिषद् बैठकले गरिब, निमुखा, ७० वर्ष माथिका जेष्ठ नागरिक र उपचार गर्न नसक्ने स्वघोषणा गर्नेको उपचार निशुल्क गर्ने निर्णय गरेको थियो । त्यही निर्णय संशोधन गर्दै सरकारले सोमबार सबै सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निशुल्क गर्ने निर्णय गरेको हो । यसअघि सर्वोच्च अदालतले पनि सरकारलाइ निशुल्क उपचार गर्न पटक पटक निर्देशन दिएको थियो ।

प्रकाशित मिति : 06:58