२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

अलग-अलग बाटो लागाैँ भन्ने प्रस्ताव प्रचण्डले नै गरेका हुनः प्रधानमन्त्री ओली

२२ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै पार्टीमा विवाद गरेर बस्नुभन्दा अलग(अलग बाटो लागौँ भन्ने प्रस्ताव गरेको खुलासा गर्नुभएको छ । प्रचण्डले ओलीसामू आफैँले पार्टी अलग गर्ने प्रस्ताव राखेको भए पनि ओलीले त्यस्तो प्रस्ताव राखेको भन्दै सञ्चार माध्यम मार्फत प्रचार गराउनुभएको थियो ।

शनिबार राति एपिवान टेलिभिजनको तमसोमा ज्यतिर्गमय भन्ने कार्यक्रममा पत्रकार टीकाराम यात्रीसँग भएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘प्रचण्डजीले नै साथीहरूले पनि भन्नुभयो विवाद र झैझमेला गरेर अघि बढ्नुभन्दा अलग अलग बाटौँ लागौँ भनेर प्रस्ताव गर्नुभएको हो ।’

प्रकाशित मिति : 21:30