२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

सनराइजर्स हैदराबाद आईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा प्रवेश

२२ कात्तिक, काठमाडाैँ । सनराइजर्स हैदराबाद आईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । गएराति भएको इलिमिनेटरमा रोयल च्यालेन्जर्स बेङ्ग्लाेरलाई ६ विकेटले पराजित गर्दै हैदराबादले क्वालिफायरमा स्थान बनाएको हो । शेख जायद क्रिकेट मैदानमा बेङ्ग्लाेरले दिएको १ सय ३२ रनको लक्ष्य हैदराबादले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

हैदराबादको जितमा केन विलियम्सनले अविजित रहदै ५० रनको अर्धशतकीय पारी खेले । जासन होल्डरले अविजित २४ रन बनाए । यस्तै मनिष पाण्डेले २४ रन जोड्दा कप्तान डेभिड वार्नरले १७ रन बनाए । बेङ्ग्लाेरका मोहमद सिराजले २ विकेट लिए ।

एडम जाम्पा र युजभेन्द्र चाहलले १ र १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेङ्ग्लाेरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो । अब फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा भोलि हैदराबाद र दिल्ली क्यापिटल्स खेल्नेछन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार ०८:१९