प्रचण्डले बोलाएको बैठकमा बादलसहित ४ नेता अनुपस्थित
२१ कात्तिक, काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले बोलाएको आफू निकट सचिवालय सदस्यहरूको अनौपचारिक बैठक सुरू भएको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्दै बोलाएको सचिवालयको अनौपचारिक बैठकमा दिनहुँजसो खुमलटार गुट भेलामा सहभागी हुने नेताहरु नै सहभागी भएका छन् । बैठकमा बरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी भएका छन् ।

बैठकमा अध्यक्ष तथा प्रधानमन्त्रीकेपी शर्मा ओलीसहित रामबहादुर थापा, इश्वर पोखरेल र महासचिव बिष्णु पौडेल सहभागी भएका छैनन् ।प्रधानमन्त्रीसहित ४ नेता सहभागी नभएपछि प्रचण्डले बाेलाएकाे सचिवालयको अनौपचारिक बैठक गुट भेलामा सिमित भएको छ ।
प्रकाशित मिति : 16:47









