१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

२०८२ साल भित्र बालश्रम निवारणः मन्त्री विष्ट

२९ जेठ, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले २०८२ साल भित्र बालश्रम निवारण हुने बताएका छन । विश्व बालश्रम दिवसका अवसरमा काठमाडौँमा आयोजित प्रभातफेरि पछि मन्त्री विष्टले नेपालबाट विक्रम संवत २०८२ साल भित्र बालश्रम निवारण गर्न बालश्रम निवारण गुरुयोजना तय गर्न लागिएको बताए ।

उनले बालश्रम विरुद्धको अभियानलाई सफल बनाउन गम्भीर समीक्षा गरेर अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे । मन्त्री विष्टले बालश्रम विरुद्धको अभियानलाई सफल बनाउन सबैलाई साथ दिन आह्वान पनि गरे । नेपालमा गरिबी र जनचेनताको अभावका कारण लाखौंको संख्यामा बालबालिकाहरुले श्रम गर्न बाध्य हुनुपरेको विभिन्न अध्ययन प्रतिवेदनले देखाएको छ ।

सरकारले बालश्रम विरुद्धको अभियानलाई प्रभावकारी बनाउन ऐन, नियम र कानुन संशोधन गरेर अघि बढने योजना पनि अघि सारेको छ । बालश्रम प्रयोग नगर्न आह्वान गर्दै नेपालमा पनि विश्व बालश्रम दिवस मनाइएको हो ।

प्रकाशित मिति : २९ जेष्ठ २०७५, मंगलवार १३:५७