२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

सनराइजर्स हैदराबाद आईपीएल क्रिकेटको प्ले अफमा प्रवेश

१९ कात्तिक, काठमाडाैँ । सनराइजर्स हैदराबाद यूएईमा जारी १३ औँ संस्करणको आईपीएल क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । अन्तिम लिग खेलमा मुम्बई इण्डियन्सलाई १० विकेटले हराउँदै हैदराबाद प्ले अफमा पुगेको हो । मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य हैदराबादले १७ ओभर १ बलमा बिना विकेट गुमाएर पुरा गरेको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । हैदराबाद तेस्रो स्थान बनाउँदै प्ले अफमा पुगेसँगै आईपीएलको प्ले अफ समीकरण समेत पुरा भएको छ । हैदराबादले अब इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरसँग खेल्नेछ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार ०८:५४