राष्ट्रपति भेट्न किन गए बामदेव गाैतम ?
१८ कात्तिक, काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गाैतमले मंगलबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन । राष्ट्रपति भवन शितल निवासमा वान टु वान भएको भेटवार्तामा के कुरा भएको भन्ने यथार्थ जानकारी अाएको छैन ।
यद्यपी गाैतमका तर्फबाट राष्ट्रपति भण्डारीले बोलाएर शिलत निवास गएको र नेकपा फुट्न नदिन पहल गर्न अनुरोध गरिएको भनेर एकोहोरो प्रचार गराइएको छ । भेटका बारेमा राष्ट्रपति कार्यालयल केही नबताएसम्म प्रदीप नेपालको सन्दर्भमा पुष्पकमल दाहाल प्रचण्डले गराएको जस्तो भ्रमणपूर्ण प्रचार नहोला पनि भन्न सकिन्न ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीचको बिवाद छताछुल्ल भइरहेको बेला पार्टीका नेताहरूले विभिन्न खालका भेटघाट गरिरहेका छन । दोस्रो तहका नेताहरू सामाजिक सञ्जालको प्रयोग गरेर अन्तरकलहको बारेमा धारणा राखिरहेका छन ।
प्रकाशित मिति : 21:42









