८ असार २०८३, सोमबार | Tue Jun 23 2026

केपी ओलीको ठाउँमा प्रचण्ड वा नेपाल आउँदैमा देशले संकटबाट निकास पाउँदैन : कमल थापा

१८ कात्तिक, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केपी ओलीको ठाउँमा प्रचण्ड, माधव नेपाल वा शेरबहादुर देउवा ल्याएर अथवा नेकपाको ठाउँमा नेपाली कांग्रेस वा अन्य कुनै दललाई स्थापित गरेर देशले संकटबाट समाधान गर्दैन भनि टिप्पणी गरेका छन् ।

अध्यक्ष थापाले परराष्ट्र नीति संचालनमा असन्तुलन देखिएको, नेकपा नेतृत्वको सरकारसँग भारत संवादहीन अवस्थामा पुगेको छ भने सरकारमाथि अर्को छिमेकी चिनको भरोसा पनि धर्मराएको तथा भ्रष्टाचारदेखि राज्यसत्ता कब्जा गर्ने कार्यमा सत्तारुढ र प्रमुख प्रतिपक्ष दल दुवैले साझेदारी र भागवण्डा कायम गरेकाप्रति आलोचना गरेका हुन् ।

उनले समस्याको चक्रव्युहबाट देशलाई मुक्त तुल्याउन मार्गचित्र र अवधारणामा सुधार नगरेसम्म ‘कस्मेटिक’परिवर्तनको कुनै अर्थ नरहने स्पष्ट पारे । उनले भने, ‘नेपाली जनताले मुलुकको राजनीतिक मार्गचित्र र गन्तव्यका वारे पुनर्विचारगर्नु जरुरी भएको छ । धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताको विकल्प खोज्ने वा उल्लेखित मान्यता वारे जनताको प्रत्यक्ष अभिमत बुझ्न जनमत संग्रह गर्ने वारे अब राष्ट्रिय बहस प्रारम्भ गरिनुपर्छ’ ।

यस्ताे छ थापाकाे ट्वीटः

प्रकाशित मिति : November 3, 2020 at 11:46 am