एकताको सहमति विपरितका समिकरणले पार्टी विभाजनको दिशामाः उपप्रधानमन्त्री पोखरेल
१७ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं उपप्रधानमन्त्री इश्वर पोखरेलले एकताको घोषणाका समयमा भएको सहमति विपरितको समिकरण हुँदा पार्टी विभाजनको दिशामा उन्मुख भएको बताएका छन । सोमबार सामाजिक सञ्जाल फेसकुब मार्फत उपप्रधानमन्त्री पोखरेलले सहमति विपरितको समिकरण र व्यक्तिगत स्वार्थका कारण विवाद भएको उल्लेख गरेका छन ।
उनले भनेका छन ‘एकताका वेला गरिएको सहमती विपरित पूर्व समूहभित्रको आवद्धताका आधारमा समिकरण बनाएर खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो।’सोमबार ट्वीटरमा लेखेका छन् ‘त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं, खबरदारी गरौं ! व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं।’

पूर्व प्रधानमन्त्री र पूर्व पार्टी प्रमुख भैसकेका माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरूले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर सरकार असफल बनाउन अनेक प्रयत्नहरू गर्न थालेपछि नेकपाको एकता नै धरापमा परेको छ । एकताको पूर्ण काम सकिन बाँकी रहेकै समयमा नेकपाका नेताहरू फुटको संघारमा पुगेका छन ।
केपी अोलीलाइ अफ्ठ्यारो सिर्जना गर्ने नाममा तीन जना पूर्व प्रधानमन्त्री र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अस्थिरता निम्त्याउने गरी सरकारको विरूद्धमा अविश्वासको प्रस्ताव ल्याउने गरी तयारी गरेका छन । प्रचण्डको निवासमा भएको ब्रिफिङमा पार्टी प्रकक्ता श्रेष्ठले कांग्रेसलाइ फकाएर संसदको विशेष अधिवेशन बोलाउन लगाउने र त्यसपछि लगत्तै अविश्वसको प्रस्ताव ल्याएर सरकार ढाल्नुपर्ने प्रस्ताव गरेका छन ।
नारायणकाजीको उक्त प्रस्तावमा तीनै पूर्व प्रधानमन्त्रीले समेत सहमति जनाएको थाहा पाएपछि नेकपाका महासचिव समेत रहेका अर्थमन्त्री विष्णु पाैडेलले हिजो सामाजिक सञ्जाल मार्फत पार्टी गम्भीर दुर्घटना नजिक पुगेको भन्दै एकता जोगाउने काममा लाग्न पार्टीका नेता कार्यकर्तामा अपिल गरेका थिए ।
प्रकाशित मिति : 17:57









