कांग्रेस सभापतिमा उम्मेदवारी दिने सुजताको घोषणा, कोइराला परिवारबाटै तीन जनाको दाबी
१६ कात्तिक, काठमाडाैँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले पनि पार्टीको सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । उहाँले आगामी फागुनमा हुने १४ औं महाधिवेशनमा पार्टी सभापति पदमा उम्मेदवार बन्ने घोषणा गर्नुभएको हो ।
योसँगै कोइराला परिवार भित्रैबाट कांग्रेस सभापति उम्मेदवारी घोषणा गर्ने उहाँ तेस्रो व्यक्ति हुनुहुन्छ । यसअघि डा शशांक कोइराला र शेखर कोइरालाले पनि पार्टी सभापतिमा उम्मेदवारी दिने सार्वजनिक घोषणा गरिसक्नुभएको छ ।

पूर्व उपप्रधानमन्त्री कोइरालाले पार्टीमा योगदान गरेका अग्रज तथा युवापुस्ताबीच समन्वय गरी अगाडि बढ्ने सङ्कल्प गरेर सभापतितमा उम्मेदवारी दिने निष्कर्षमा पुगेको बताउनुभयो । पार्टीको पूर्व विदेश विभाग प्रमुख कोइरालाले भन्नुभयो, ‘‘सबैले महिला अगाडि आउनुपर्छ भनेर भन्ने धेरै भए तर सभापतिको उम्मेदवार बन्ने कसैले घोषणा गर्नु भएको छैन, साथीहरूको आग्रहमा उम्मेदवार बन्ने घोषणा गरेकी हुँ ।’’
सुजता राम्रोलाइ राम्रो र नराम्रोलाइ नराम्रो भन्न सक्ने क्षमता राख्ने महिला नेतृ हुनुहुन्छ । उहाँले वर्तमान सरकारले गरेका राम्रा कामको खुलेर प्रशंशा गर्दै आउनुभएको छ । उहाँले यसअघि कालापानी भारतलाइ लिजमा दिउँ भन्ने विवादित अभिव्यक्ति समेत दिनुभएको थियो ।
प्रकाशित मिति : 08:40









