२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

वीरबहादुर ठगुन्नाः कालापानी, लिपुलेक र लिम्पियाधुरामाथिको नेपालको हक खोजी गर्ने नेता

१३ कात्तिक, काठमाडाैँ । मुखको क्यान्सरका कारण बुधबार निधन हुनुभएका नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता वीरबहादु ठगुन्ना कालापानी, लिपुलेक र लिम्पियाधुरामाथिको नेपालको हक खोजी गर्न धेरै मिहेनत गर्नुभएको थियो । उहाँले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरासम्बन्धी स्थलगत  अध्ययन र अनुसन्धान गरेर नेतृत्वलाइ रिपोर्टिङ गर्नुभएको प्रधानमन्त्री केपी शर्मा अोलीका प्रेस सल्लाहकार एवं नेकपाकाे प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।

थापाले भन्नुभएको छ ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा माथिकाे नेपालकाे हक खाेजी गर्ने तथ्य विवरण स्थलगत रूपमा अध्ययन अनुसन्धान गरी नेतृत्वसमक्ष रिपोर्टिङ गर्ने तपाईंको याेगदान सधैसधै स्मरणीय रहनेछ । दार्चुला जिल्लाले आफ्नो खास नेता गुमाउन पुगेकाे छ । पार्टी र आन्दोलनले अपुरणीय क्षति भएकाे छ ।’

दार्चुला जिल्लाका तत्कालीन नेकपा एमालेका संस्थापक पार्टी प्रमुख तथा नेकपा अनुशासन आयोगका सदस्य ठगुन्ना मुखको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । दार्चुलामा कम्युनिस्ट विजारोपण गर्ने वीरबहादुर ठगुन्ना विश्वव्यापी रूपमा फैलिएर लाखाैँको ज्यान लिएको कोरोना भाइरसविरूद्धको लडाइँ  जितेर पनि मृत्युसँग हार्न पुग्नुभयो ।

उपचारकै क्रममा केही दिनअघि कोरोना संक्रमण पनि त्यसलाइ जित्न ठगुन्ना सफल हुनुभएको थियो । दार्चुलामा कम्युनिस्ट राजनीतिको विजारोपण गर्ने ठगुन्ना विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । बझाङको शिक्षकको स्थायी जागिर छाडेर उहाँ ०४८ र ०५६ को निर्वाचनमा तत्कालीन नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्नुभएको थियो । ठगुन्ना २०५४ मा जिल्ला विकास समिति दार्चुलाका उपसभापतिमा निर्वाचित हुनुभएको ठगुन्ना तत्कालीन नेकपा एमालेको नवौं महाधिवेशनबाट केन्द्रिय अनुशासन आयोगको सदस्य पनि निर्वाचित हुनुभएको थियो ।

प्रकाशित मिति : 08:45