१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

कोरोनाका कारण बन्द रहेको तातोपानी नाका फेरि सञ्चालनमा

१३ कात्तिक, सिन्धुपाल्चोक । कोरोनाका कारण बन्द रहेको तातोपानी नाका फेरि सञ्चालन भएको छ । बुधबारदेखि नाका सञ्चालन भएको छ । नेपाली कर्मचारी र कामदारमा कोरोना संक्रमण पुष्टि भएपछि असोज २० गते चिनियाँ पक्षले नाका बन्द गरेको थियो ।

तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार बिहीबारदेखि स्वास्थ्य मापदण्ड पूरा गरी कन्टेरहरू नेपाल भित्रिने छन । चिनियाँ पक्षले नै भन्सार क्षेत्रसम्म सामान ल्याइदिने भएपछि नेपाली कामदार सीमापारि जानु नपर्ने भएको छ ।

भन्सार प्रमुख खत्रीका अनुसार चीनबाट अाउने कन्टेनरलाई भन्सारको आइसोलेशन यार्डमा १२ देखि १४ घण्टासम्म राखेपछि मात्र जाँचपास गरी राजधानी पठाइने बताएका छन ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार ०८:३०