२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

राप्रपा अध्यक्ष कमल थापा अस्पतालबाट घर फर्किए

९ कात्तिक, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापा अस्पतालबाट घर फर्किनुभएको छ । अध्यक्ष थापा आइतबार अपरान्ह ॐ अस्पतालबाट घर फर्किनुभएको हो । उहाँले कोरोना संक्रमणपछि घरकै आइशोलसनमा रहे पनि पछि स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना हुनु भएको थियो ।

उहाँ ॐ अस्पतालमा १० दिनसम्म रहेको र स्वास्थ्य अवस्था पूर्ण रूपमा ठीक नभएको उहाँको सहयोगी समेत रहेका पार्टी नेता राजाराम बर्ताैलाले जानकारी दिनुभएको छ । थापाले स्वास्थ्यको बारेमा चासो लिने र स्वास्थ्यलाभको कामना गर्ने सबैमा कृतज्ञता प्रकट गर्नुभएको बर्ताैलाले जानकारी दिनुभएको छ ।

बर्ताैलाले भन्नुभएको छ ‘राप्रपा अध्यक्ष कमल थापा चाबहिल स्थित ॐ अस्पतालबाट आज डिस्चार्ज हुनुभएको छ । १० दिनको उपचारबाट घर फर्किए पछि उहाँले “आफ्नो स्वास्थ्यप्रति चिन्तालिई स्नेह,सद्भाव र शुभकामना दिनुहुने सबैमा सादर कृतज्ञता निवेदन गर्दछु। ओम हस्पिटल परिवार र सम्पूर्ण स्वास्थकर्मीहरुमा बिशेष आभारी छु” भन्नुभएको छ। स्वास्थ लाभको कामना अध्यक्ष ज्यु !’

प्रकाशित मिति : 19:36