१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

काँग्रेसले राखेका योजना बाटोमै हरायोेः डा महत

२६ जेठ, नुवाकोट । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले काँग्रेसले राखेका योजना बाटोमै हराएको बताएका छन् ।
डा महतले नेपाली काँग्रेसले प्राथमिकतामा राखेका योजना कटौती गरेर बजेट आएको भन्दै त्यसले विकासको निरन्तरतामा असर गर्ने विचार व्यक्त गरे ।


शुक्रबार खरानीटारमा नेपाली काँग्रेस तादी गाउँपालिकास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा डा महतले सरकारले अर्थतन्त्र खराब भएको देखाएर नागरिकमा नकारात्मक सन्देश दिएको आरोप लगाएका छन् ।

“सरकारले स्वेतपत्र जारी गर्दा ढुकुटी रित्तै देखाउने, पछि सरकारको नीति तथा कार्यक्रममा भने त्यसको विपरीत आएको छ”, डा महतले भने, “अर्थतन्त्र खराब देखाउने प्रयासले राम्रो सन्देश दिँदैन ।”

पूर्वअर्थमन्त्रीसमेत रहेका डा महतले कम्युनिस्टको सरकार भए पनि अहिलेको बजेट हेर्दा कम्युनिस्ट सरकार पनि काँग्रेसकै बाटोमा हिँडेको देखाएको बताए ।

नेपाली काँग्रेस तादी गाउँपालिकाका अध्यक्ष तथा तादी गाउँपालिका अध्यक्ष नारायणप्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल काँग्रेसका जिल्ला सभापति जगदीश्वर नरसिंह केसी, नेपाली काँग्रेस काभ्रेका सभापति मधु आचार्य, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, प्रमोदहरि गुरागाईंले सहभागीलाई प्रशिक्षण दिएका छन् ।

प्रकाशित मिति : June 9, 2018 at 6:29 am