सरोकारवाला पक्षसँग छलफल र सहकार्य गरेर नै अघि बढ्छुः मन्त्री गुरूङ
२ कातिक, काठमाडाैँ । सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले सरोकारवाला पक्षसँग छलफल र सहकार्य गरेर नै अघि बढ्ने बताउनुभएको छ । मन्त्री निवासमै पुगेका नेपाल पत्रकार महासँघका पदाधिकारीसँग आइतबार भेट गर्दै मन्त्री गुरूङले उहाँले संचार क्षेत्रको हित हुने गरी संचार सम्वन्धी नीति, कानून र संरचना निर्माण गरिने वताउँदै प्रेस स्वतन्त्रताको संरक्षण र प्रर्वद्र्धन, स्वतन्त्र प्रेसको व्यावसायिक र संस्थागत विकास एवम् पत्रकारको पेशागत हितका पक्षमा आफू सदैव अडिग रहने स्पष्ट पार्नुएको थियो ।

सो अवसरमा महासंघको प्रतिनिधि मण्डलले संचारमन्त्री गुरुङलाई बधाई तथा सफल कार्यकालका शुभकामना व्यक्त गर्दै सञ्चार क्षेत्रमा विद्यमान समस्या सले माधानका लागि सरकारवाट हुनुपर्ने पहलहरुवारे महासंघको धारणा प्रस्तुत गरेको छ ।
प्रतिनिधिमण्डलले सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरकार, श्रमजीवी पत्रकार र मिडिया संचालकहरुबीच गम्भीर छलफल र आपसी सहकार्य हुनुपर्ने स्पष्ट पार्दै श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, आम संचार नीति २०७३ अनुरुप कानून र संरचना निर्माण, संचार क्षेत्रमा पुर्नसंरचना गरी संघीयता र समावेशिताको कार्यान्वयन एवम् कोभिड १९ का कारण संचार क्षेत्रमा सिर्जित समस्या समाधान लगायतका विषयमा धारणा प्रस्तुत गरेको अध्यक्ष गोविन्द आचार्यले जानकारी दिनुभयो ।
प्रकाशित मिति : 12:17









