नेपाल सरकारका सचिवहरूको व्यापक सरूवा, सामान्य प्रशासनमा यादव कोइराला
२९ असोज, काठमाडाैँ । मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरूवा गरेको छ । बिहीबार अवेरसम्मन मन्त्रिपरिषद्को बैठकले सचिवहरूको सरूवा गरेको हो । सरूवा अनुसार प्रधानमन्त्री कार्यालयका यादव कोइराला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरूवा भएका छन ।
त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्य गाैतमको युवा तथा खेलकूद मन्त्रालयमा सरूवा भएको छ । युवा तथा खेलकूद मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरूवा गरिएको छ । प्रधानमन्त्री कार्यालयमा रहेका सचिव केदार न्याैपानेलाइ उपराष्ट्रपतिको कार्यालयमा सरूवा गरिएको छ ।

त्यस्तै उपराष्टपति कार्याल्यका सचिव खगराज बराललाई प्रधानमन्त्री कार्यालय सरूवा गरिएको छ । भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाइ जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ । भाैतिक पूर्वाधार मन्त्रालयमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव रवीन्द्रमान श्रेष्ठलाई सरूवा गरिएको छ ।
उर्जा आयोगमा कार्यरत सचिव रमेशप्रसाद सिंहलाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ। सहरी विकास मन्त्रालयका मधुसुदन अधिकारी, उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयमा सरूवा गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवका रुपमा एकनारायण अर्याललाई सरूवा गरिएको छ ।
प्रकाशित मिति : 22:50









